+
+
Shares

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते १४:४१

३२ साउन, काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्रिपरिषद निकट स्रोतले बताएको छ ।

सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको संसदको पहिलो बैठक ३ साउनमा बसेको थियो । त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पनि लिएका थिए । त्यसपछि पनि प्रतिनिधिसभाको बैठक नियमित रुपमा हुँदै आए पनि विधेयक अगाडि बढेको छैन ।

विघटन बदर भएपछि पहिलो पटक साउन ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले बजेटलगायतका अध्यादेश पेश गरेको थियो । तर ती अध्यादेशमाथि पनि छलफल भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?