Comments Add Comment

तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छौं : चीन

३२ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्रण कायम गरेसँगै सोमबार चीनले तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको बताएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले यस्तो बताएकी हुन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘अफगानी नागरिकले आफ्नो भविष्यको निर्णय आफैं गरुन्, चीन उनीहरुको यो अधिकारको सम्मान गर्छ । चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकास गर्न इच्छुक छ ।’

यसअघि चीनले आफ्नो काबुलमा रहेको दूतावास बन्द नगर्ने बताएको थियो । चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न र स्थितिप्रति सतर्क रहन सुझाव दिएको थियो । साथै उसले विभिन्न निकायसँग आफ्ना नागरिकको सुरक्षाको लागि आग्रह गरेको थियो ।

तालिबानका प्रतिनिधिले गत जुलाई महिनामा चीनको भ्रमण गरेका थिए । त्यसबेला उनीहरुको भेट चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment