Comments Add Comment

आर्टमाण्डुको नयाँ गीत ‘बाफ’

‘के माया लाग्छ र ?’, ‘तिनपाते’ जस्ता गीत ल्याएको आर्टमाण्डुले नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ । आर्टमाण्डुले आईतबार ‘बाफ’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो ।

आर्टमाण्डुका यसअघिका ‘के माया लाग्छ र ?’, ‘तिनपाते’ जस्ता गीत निकै रुचाईएका छन् ।

तिनै गीतका रचनाकार हर्क साउदको शब्द रहेको ‘बाफ’ गीतमा ‘तिनपाते’ गीतका गायक–गायिका सुजन चापागाँई र विद्या तिवारीको स्वर रहेको छ ।

नविन चौहानको कथा तथा निर्देशनमा कलात्मक शैलीमा गीतको भिडियो तयार पारिएको छ । भिडियोमा गायक प्रताप दासले मुख्य भूमिकामा अभिनय गरेका छन् । त्यस्तै शिल्पा थापा, नयन नेपाल, रञ्छेन तामाङ्ग, निम्लामु लामा, सम्रान्त  थापा, हर्क साउद लगायतको भिडियोमा अभिनय छ ।

भिडियोमा नेपाली प्रेमी अनि भारतीय प्रेमिकाको कथालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ । दुईको बालापनदेखि वयस्क हुँदासम्मको प्रेमकथालाई भिडियोमा रमाईलो तरिकाले प्रस्तुत गरिएको गरिएको हेर्न सकिन्छ । नेपाल–भारत सिमाका दृश्यहरुलाई पनि आकर्षक रुपमा प्रस्तुत गरिएको छ । भिडियोलाई अनिश स्याङ्ग्देनले छायांकन गरेका हुन् भने सुरज पौडेलले भिडियोको सम्पादन गरेका हुन् ।

भिडियो सार्वजनिक भएसँगै अधिकांशले प्रशंसा गरेका छन् । भिडियोले २४ घण्टा नपुग्दै १ लाख ७० हजार भ्युज बटुल्दै युट्युब ट्रेन्डिङको शीर्ष १३ स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment