+
+

प्रिज्मा–प्रिन्सीको मुस्कान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १३:२७

टिकटकमा राम्रो फलोअर्स कमाएपछि म्युजिक भिडियोमा प्रवेश गरेका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अहिले यही क्षेत्रलाई करिअर बनाउँदै अघि बढिरहेका छन् । उसो त, म्युजीक भिडियोमा पहिलेको जस्तो माग उनीहरुको अहिले देखिदैन । तर, पनि यी दुइले एकसाथ काम भने अगाडि बढाइरहेका छन् ।

सोमबार सार्वजनिक भएको ‘तिम्रै नग्मा’ बोलको गीतमा नायक आकाश श्रेष्ठसँग देखिएका यी दुइले चकलेटी नायकसँग काम गर्न पाउँदा खुशी व्यक्त गरे । उनीहरुलाई पछिल्ला म्युजिक भिडियोमा निर्देशकले एक अर्काको दुश्मनको रुपमा चित्रित गर्न थालेका छन् । यसमा प्रिज्मा र प्रिन्सी कथाले मागे अनुसार अभिनय गरेको बताउँछन् ।

प्रिज्मा केही समयदेखि मोडल सागर लम्सालसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । यी दुइले सार्वजनिक रुपमै प्रेम स्विकार नगरेपनि उनीहरुका फ्यान र मिडियाका लागि यो कुरा ओपन सेक्रेट जस्तै छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?