+
+

‘कमेडी च्याम्पियन’को फाइनलमा भरतमणी, विक्की र सन्तोष, हिक्मत बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १३:४५

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् । दर्शकको भोटबाट विक्की र सन्तोष अगाडि बढ्दा अन्तिम ४ मा पुगेका हिक्मत महराले भने फाइनलमा स्थान बनाउन सकेनन् । यो शोका निर्देशक विशाल भण्डारीले हिक्मत बाहिरिएको अनलाइनखबरसँग पुष्टी गरे ।

भरतमणी पौडेलले भने निर्णायकहरुको छनोटका आधारमा फाइनलमा स्थान बनाइसकेका थिए । यो रियालिटी शोको फाइनल असोज २ गते हुने निर्देशक विशाल भण्डारीले अनलाइनखबरलाई जानकारी दिए । उनले भने–‘असोज २ गते फाइनल कार्यक्रम आयोजना हुनेछ । तिनै जना फाइनलिष्ट आजै गृह जिल्ला भ्रमणका लागि पुगेका छन् । अब, उनीहरुलाई दर्शकले फाइनलमा मात्र हेर्न पाउनेछन् ।’

भरतमणी ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाका हुन् । यस्तै, विक्की भने सिक्किमबाट प्रतिस्पर्धा गर्न नेपाल आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?