
१७ भदौ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार सल्यान र दाङका दुई जना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
सल्यानको त्रिवेणी गाउँपालिका–६ की ६६ वर्षीया महिलाको उपचारको क्रममा बुधबार राति ९ बजे मृत्यु भएको हो । उनीमा साउन ३२ गते संक्रमण पुष्टि भएको थियो ।
यस्तै दाङको गढवा गाउँपालिका–६ की ९५ वर्षीया महिलाको बिहीबार बिहान ७ः२० बजे मृत्यु भएको हो । उनीमा भदौ १३ गते संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4