+
+

पर्सामा स्मार्ट लकडाउन, स्वास्थ्य मापदण्ड पालना नभए प्रशासनले कारबाही गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १५:३०

१७ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ को पालनामा गम्भीर हुन आग्रह गरेको छ । कोभिड–१९ को संक्रमण जिल्लामा घटेसँगै स्वास्थ्य मापदण्ड पालना हुन छाडेसँगै प्रशासनले सर्वसाधारण, स्थानीय तह लगायत सरोकारवालालाई त्यस्तो आदेश दिएको हो ।

जिल्ला प्रशासनले कोरोनाको जोखिमलाई ध्यानमा राखेर वीरगञ्जस्थित इनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा रोक लगाइएको जनाएको छ । वीरगञ्ज इनर्वा सीमा नाकाबाट पनि विदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको छ ।

नेपाल प्रवेश गर्ने नेपाली नागरिकले समेत आवश्यक स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकको आइसेलेसन सेन्टर वा होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेद्वारा जारी सूचनामा भनिएको छ, ‘सर्वसाधारण नागरिक, सरकारी, सार्वजनिक, गैरसरकारी एवं निजी कार्यालय, निकाय, संघ–संस्थाहरुले सेवा प्रवाह, पेशा व्यवसाय सञ्चालन लगायतका कार्य गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पलना गर्नु/गराउनुपर्ने, अनावश्यक रुपमा भीडभाड गर्ने, सभा–जुलुस गर्ने, जात्रा महोत्सव, भोजभतेर जस्ता कार्य नगर्ने, नगराउने साथै चाडपर्व मनाउँदा न्यून सहभागितामा सांकेतिक रुपमा मनाउने, विद्यालय सञ्चालन सम्बन्धित स्थानीय तहहरुले नै कोभिड– संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ को मापदण्ड मुताविक स्वास्थ्य मापदण्डको पालना गर्दै डीसीएमसीको समन्वयमा गर्ने गराउने ।’

स्वास्थ्य सुरक्षा मापदण्ड लगायत अन्य निर्देशन पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समिति र सुरक्षा निकायबाट नियमित गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

‘आदेश र मापदण्डहरु पालना भए नभएको अनुगमन गर्छौं । अनुगमन गर्दा ऐन कानूनका मापदण्ड पालना नभएको पाइए कारबाही गर्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?