+
+

मोबाइलमा शंकास्पद एपहरु इन्स्टल नगर्न नेपाल टेलिकमको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १८:०७

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा आएको समस्याबारे आवश्यक विश्लेषण भइरहेको कम्पनीले जनाएको छ ।

टेलिकमले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही समयदेखि टेलिकमको मोबाइल नम्बरमा विदेशबाट मिसकल आउने र सो नम्बरमा कल गर्दा कल सफल भएपनि कोही नबोल्ने, मेसिनले स्वचालित जवाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था यदाकदा देखिएको छ । साथै केही दिनयता कम्पनीको मोबाइल सेवाका ग्राहकहरुको मोबाइलबाट अटो डायल हुने, अटो डायल भएका ग्राहकको मोबाइलमा कल लग नदेखिने र बाह्य कल सफल भएको अवस्थामा पैसा काटिने जस्ता अवस्था पनि पाइएको छ ।’

यस्ता घटना सम्भवतः ग्राहकको मोबाइलमा रहेको कुनै एप वा वेबसाइटको माध्यमबाट हुनसक्ने भएकाले कम्पनीका ग्राहकवर्गले आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउनु टेलिकमले अनुरोध गरेको छ ।

सामान्यतया कम्पनीका उपकरणबाट यस्ता अनाधिकृत कलहरु नहुने भएतापनि कम्पनीका ग्राहकवर्गको सुविधाका लागि सम्भवतः कुनै एप तथा वेबसाइटमार्फत हुनसक्ने यस्ता अनधिकृत कार्यका सम्बन्धमा कम्पनीका तर्फबाट आवश्यक विश्लेषणको कार्य भइरहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमले अनधिकृत र अनावश्यक कल हुनसक्ने अवस्थाबाट बच्नका लागि ग्राहकवर्ग पनि सतर्क रहनु पर्ने बताएको छ ।

साथै कम्पनीले उपलब्ध गराउने लकिङ कोड प्रयोग गरी आवश्यक परेको समयमा आईएसडी सेवा खोली कल गर्ने र आवश्यक नहुने समयमा सो सेवा पुनः बन्द गर्न सकिने विकल्प उपयोग गर्न समेत अनुरोध गरिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?