+
+

प्रदेश १ का मुख्यमन्त्रीको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १८:२५

१७ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनले माग गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी आचार्यले बहुमत गमाइसकेको भन्दै नियुक्ति बदरको माग गरेको हो ।

नेकपा एमाले विभाजित भएपछि सांसदहरुलाई दल रोज्न दिएको समयमा प्रदेश प्रमुखले आचार्यले मुख्यमन्त्री नियुक्ति गर्नु नै असंवैधानिक भएको विपक्षी गठबन्धनको जिकिर छ ।

दल विभाजनपछि निर्वाचन आयोगले दल रोज्ने समय दिएको अवस्थामा एमालेकै बहुमत छ भन्दै मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

गठबन्धनले अल्पमतमा परेको सरकारलाई प्रदेशमा दूरगामी प्रभाव पार्ने निर्णय नगर्न पनि आग्रह गरेको छ ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका मात्रै ५१ सदस्य थिए । ती मध्ये १० जनाले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । १० जना सांसदले नयाँ पार्टी रोजेपछि एमालेमा सभामुखसहित ४१ जना सांसद छन् ।

कांग्रेसमा २१, माओवादीमा १५, जसपामा ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक जना सांसद छन् ।

बहुमतका लागि ४७ सदस्य आवश्यक रहेको प्रदेशमा गठबन्धनमा ४९ जना सांसद छन् । गठबन्धनमा एक जना सांसद रहेको संयूक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?