+
+

कास्कीमा जोरबिजोर प्रणाली हट्यो, सभा गोष्ठी गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १९:०५

१७ भदौ, पोखरा । कास्कीमा कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा केही खुकुलो पारिएको छ ।

यसअघि यातायातका साधनमा जोरबिजोर प्रणाली लगाइएकामा भदौ १८ गतेदेखि हटाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मका लागि लम्ब्याएको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा जोरबिजोर प्रणाली हटे पनि स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने र तोकिएको मापदण्ड पालना गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै कार्यक्रम, गोष्ठी तथा सेमिनारको हकमा पनि प्रशासन केही लचिलो बनेको छ । नगरी नहुने सरकारी, तथा निजी, गैर सरकारी संस्थाहरुले गोष्ठी, तालिम, सेमिनार तथा प्रयोगात्मक परीक्षा जस्ता कार्यक्रमहरु प्रशासनलाई जानकारी गराएर बढीमा २५ जना सहभागी भएर कार्यक्रम गर्न सक्नेछन् ।

तर, सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, रंगशाला, फुटपाथ पसल भने खोल्न नपाइने यसअघिको नियमलाई निरन्तरता दिइएको छ ।

कास्कीमा बिहीबारसम्म कोरोनाका १ हजार ३६३ जना सक्रिय संक्रमित छन् भने ५ सय ६१ जनाले ज्यानले गुमाइसकेका छन् । पछिल्लो २४ घन्टामामात्रै कास्कीका ९३ सहित गण्डकीका १८२ जनामा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?