+
+

काठमाडौं– १९ का वडाध्यक्षको निधन, शुक्रबार काठमाडौंमा शोक विदा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते २०:५५

१६ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ ।

क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । उनले क्यान्सरको उपचार यहीँ गराउँदै आएका थिए ।

२०१३ साल पुस १४ गते जन्मिएका श्रेष्ठलाई गएको डेढ महिनाअघि खाना नलीमा क्यान्सर देखिएको थियो । यसको उपचारका क्रममा उनलाई दोस्रो चरणको किमो दिइसकिएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीका अनुसार वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरले भोलि शुक्रबार एक१ दिन शोक विदा दिने भएको छ । उनको शव भोलि विहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीका लागि वडा कार्यालयमा लगिनेछ ।

विहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपतिमा लगिने, वडा सदस्य चन्द्रमान डंगोलले जानकारी दिए । श्रेष्ठका श्रीमती ३ छोरी र १ छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?