+
+

पार्टी नेतृत्वको चुनावमा नउठ्ने जापानका प्रधानमन्त्रीको घोषणा, प्रधानमन्त्री छाड्ने संकेत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १३:००

१८ भदौ, काठमाडौं । जापानका प्रधानमन्त्री येसुहिडे सुगाले अब पार्टी नेतृत्वको निर्वाचनमा नउठ्ने बताएका छन् । उनले यो महिनाभित्र प्रधानमन्त्री पद पनि छाड्ने संकेत गरेका छन् ।

एक वर्षअघि सिन्जो आबेले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि सुगा जापानको प्रधानमन्त्री बनेका थिए । पछिल्लो समय उनको लोकप्रियता घट्दै गएसँगै सुगाले यस्तो घोषणा गरेका हुन् । जापान अहिले पनि कोरोना संक्रमणका कारण आपतकालीन अवस्थामा छ । कोरोनाको लहर रोकिने अवस्थामा देखिएको छैन ।

जापानमा अहिलेसम्म १५ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने खोप अभियान पनि निकै सुस्त गतिमा चलिरहेको छ ।

महामारी चलिरहेको समयमा पनि ओलम्पिक खेल आयोजना गरेको भन्दै जापानका प्रधानमन्त्री सुगाको आलोचना भइरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सुगाको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का महासचिवले भनेका छन्, ‘आजको कार्यकारिणी बैठकमा सुगाले अब कोरोना संक्रमण नियन्त्रणका पूरा ध्यान दिन चाहेको बताएका छन् र उनले आगामी पार्टी नेतृत्वको निर्वाचनमा पनि नउठ्ने बताएका छन् ।’

आगामी सेप्टेम्बर २९ मा सत्तारुढ एलडीपीले आफ्नो पार्टीको नेतत्व छान्न निर्वाचन गराउने तयारी गरेको छ । पार्टीको नेतृत्वमा आउने व्यक्ति नै प्रधानमन्त्री बन्ने सम्भावना बढी छ । किनकि अहिले जापानको संसदमा एलडीपीको बहुमत छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?