+
+

संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १९:५५
फाइल तस्वीर

१८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संवैधानिक अंग कब्जाको नीतिले प्रजातन्त्र कमजोर भएको बताएका छन् । नियन्त्रण र खबरदारी गर्नुपर्ने निकायमा कार्यकर्ता भर्ती गर्दा कानूनी राज्यकै उपहास भएको उनको आरोप छ ।

शुक्रबार हेटौंडामा पार्टी सम्बद्ध युवा संगठनद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले पछिल्लो समय राजनीति समाजसेवाभन्दा पनि व्यापार बन्दै गएको टिप्पणी गरे ।

भ्रष्ट व्यापारी, ठेकेदार र नेताहरुको माफिया गठबन्धनले मुलुकमा प्रजातन्त्रलाई बन्धक बनाएको भन्दै उनले माफियातन्त्रलाई परास्त नगरेसम्म मुलुक अगाडि बढ्न नसक्ने बताए । मुलुकमा भ्रष्टाचार, अनियमितता र लुटप्रथा हाबी हुँदा राष्ट्रियता र प्रजातन्त्र कमजोर भएकोतर्फ नयाँ पुस्ताले चासो दिनुपर्ने उनले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?