+
+

चितवनमा पार्टी प्यालेस खुल्ने, सिनेमा हल नखुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते १७:४८

१९, भदौ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला पार्टी प्यालेस खोल्न दिने तर सिनेमा हल खोल्न नदिने गरी निषेध आदेश जारी गरेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शनिबार एक सूचना जारी गर्दै ५० प्रतिशत क्षमता नकट्ने गरी पार्टी प्यालेस साँझ ६ बजेसम्म खोल्न दिने उल्लेख गरेका छन् । भदौ २१ गतेदेखि चितवनमा पार्टी प्यालेस सञ्चालन गर्न पाउने निर्णय गरिएको छ । प्रशासनको निर्णय आउन अघि नै यहाँका पार्टी प्यालेसमा तीजका दर खाने खुवाउने कार्यक्रम श्रृखलावद्ध रुपमा चलिरहेका छन् ।

पार्टी प्यालेस र सिनेमा हलमा हुने भिड एउटै प्रकृतिको भए पनि प्रशासनले सिनेमा हल खोल्न नदिँदा सञ्चालकहरुले असन्तुष्टि जनाएका छन् । प्रशासन कार्यालय पार्टी प्यालेस सञ्चालकहरुको दवावमा परेको टिप्पणी भइरहेको छ । चितवनमा होटल तथा रेष्टुरेन्टहरु राति ९ बजेसम्म खोल्न दिने सूचनामा जनाइएको छ ।

प्रशासन कार्यालयले असोज एक गतेदेखि स्थानीय तहसँग समन्वय गरेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिले स्वीकृत स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ अनुसारका सूचकहरु पूरा गर्ने र विद्यालय खोल्न सिफारिस गरे स्थानीय तहले जिल्ला कोभिड–१९ व्यवस्था समितिसँग समन्वयन गरी पठनपाठन सञ्चालनको निर्णयमा उल्लेख छ ।

यस्तैं, कानुनअनुसार गर्नैपर्ने सभा, सम्मेलन प्रशासनसँग अनुमति लिएर गर्न पाउने निर्णय प्रशासनले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?