+
+

सरकारमा महिला सहभागिताका लागि काबुलमा निरन्तर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते ७:११

२० भदौ, काठमाडौं । सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम गर्न पाउनुपर्ने माग गर्दै महिला अधिकारवादीहरुले अफगानिस्तानमा निरन्तर प्रर्दशन गरेका छन् ।

उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केही दिनयता प्रर्दशन गरिरहेका छन् । प्रर्दशनमा तालिबान लडाकुले हस्तक्षेपसमेत गरेका छन् ।

महिला अधिकारवादीहरुले सरकारमा आफ्नो सहभागिता हुनुपर्ने र बिना कुनै अवरोध काम गर्न पाउनुपर्ने अधिकारको सुश्चितताको माग गरेका छन् ।

तालिबानले भने महिलालाई सरकारमा सहभागिता गराइने तर मन्त्री भने नबनाइने बताएका छन् । धेरैले तालिबानको पहिले शासनकालमा जस्तै आफ्नो अधिकार खुम्चने त होइन भनी चिन्ता व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?