+
+

सदगुरुले दिए नेपाललाई ‘एसियाको स्वीट्जरल्याण्ड’ को उपमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १५:२८

२० भदौ, काठमाडौं । भारतीय प्रख्यात योगगुरु सदगुरुले नेपाललाई ‘एसियाको स्वीट्जरल्याण्ड’ को उपमा दिएका छन् ।

नेपाली भूभाग लिमि भ्याली हुँदै कैलाश मानसरोवर यात्रामा निस्केका उनी सोही पथबाटै फिर्ता भई काठमाडौं आइपुगेका छन् । सो क्रममा उनले शनिबार नेपाल पर्यटन बोर्डले राखेको एक अनौपचारिक कार्यक्रममा भाग लिए । सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गरे ।

कार्यक्रममा सदगुरुले नेपाल एसियाको स्वीट्जरल्याण्ड भएको बताएका हुन् । ‘नेचर, कल्चर, एडभेन्चर, यहाँ नभएको के छ ? आवश्यक छ त केवल यसको व्यवस्थापन र यसैबाट समृद्धिको यात्रा तय गर्ने चिन्तन,’ उनले भने, ‘त्यो चिन्तन उजागर हँुदाको दिन नेपालको समृद्धिलाई कसैले रोक्न सक्दैन ।’

सदगुरुले नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताए । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग नै यही रहेको बताउँदै भने, ‘नेपाल विश्वका अन्य देश जस्तो होइन, यो भूमिमा अलौलिक आनन्द प्राप्त हुन्छ ।’ उनले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्न सुझाव दिए । योजनाबद्ध विकासविना दिगो विकास सम्भव नभएको भन्दै उनले नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनावद्ध विकासमा लैजान समेत पर्यटन बोर्डलाई सुझाव दिएका छन् ।

उक्त अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोभिड बीच सदगुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताका कारण नेपाल र भारतबीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने उनको भनाइ छ । उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवद्र्धन लागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको समेत बताए । खप्तड जस्ता ठाउँमा सदगुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न समेत आव्हन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?