+
+

प्रदेश-२ मा थप तीन सांसदले रोजे लोकतान्त्रिक समाजवादी पार्टी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १५:४०

२० भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

आइतबार लोसपा रोज्नेमा अभिराम शर्मा, रानी कुमारी तिवारी र उपेन्द्र महतो छन् । तीनैजना सांसदले जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर लोसपामा सनाखत गरेको लोसपा सांसद परमेश्वर साहले जानकारी दिए ।

यी तीनजना सांसदले सनाखत गरेसँगै प्रदेश २ मा लोसपा सांसदको संख्या १५ पुगेको छ । यसअघि १२ जनाले सनाखत गरेका थिए ।

परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी, डिम्पल झा, प्रहलाद गिरी गोस्वामी र गौरीनारायण साहले सनाखत गरेका थिए । सनाखत गर्ने गोस्वामी पूर्व मधेशी जनअधिकार फोरमबाट र बाँकी सबै पूर्व राजपाबाट निर्वाचित भएका सांसद हुन् ।

आइतबार धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले पनि लोसपामा सनाखत गरेका छन् । उनी राजपाबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?