
२१ भदौ, काठमाडौं । अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ सार्वजनिक भएको छ । नेपालय पब्लिकेसन्सले कुशे औंसीको अवसर पारेर ‘निनाद वल्लरी’ सार्वजनिक गरेको हो ।
‘नेपालय कविता’ अन्तर्गत प्रकाशित यो पुस्तक नौ वटा विभिन्न छन्दमा विरचित करुण रसका कविताहरुको संग्रह हो । ‘लाटो साथी’ उपनामले प्रसिद्ध साहित्यकार विष्णुराज आत्रेयकी छोरी अलकाले ‘निनाद वल्लरी’ आफ्ना स्वर्गीय पिता आत्रेयको प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो ।
दक्षिण एसियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी अलका हाल भियना विश्व विद्यालय अस्ट्रियामा प्राध्यापनरत छिन् ।
नेपाली बजारमा ‘निनाद वल्लरी’ को मूल्य १६५ रुपैयाँ तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4