+
+

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएपछि विराटनगरमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १४:३४

२१ भदौ, विराटनगर । जिल्ला प्रही कार्यालय मोरङको हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि आफन्त र स्थानीयले विराटनगरमा प्रदर्शन गरेका छन् । लागूऔषध गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको हिरासतमा मृत्यु भएपछि सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका हुन् ।

शुक्रबार गाँजासहित पक्राउ परेका कामतको आइतबार दिउँसो मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका हुन् ।

मृतकको दुवै खुट्टामा चोट छ । आफन्त र स्थानीयले प्रहरीको यातनाका कारण मृत्यु भएको भन्दै उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुले घटनाको छानबिन गर्न माग गरेका छन् ।

प्रहरीले शुक्रबार कामतलाई तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ गरेको थियो । उनलाई आइतबार म्याद थप गरी अनुसन्धान गर्ने तयारी थियो । तर अचानक बेहोस भएपछि कामतलाई उपचारका लागि कोशी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो करीब साढे १ बजे मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?