+
+
Shares

गरिमा चौधरीको न्यायका लागि काठमाडौंमा आज पनि प्रदर्शन (तस्वीरहरू)

बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । 

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ ५ गते २०:२१

५ भदौ, काठमाडौं । बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै शुक्रबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।  अहिले साँझ काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका हुन् ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरी साउन ३१ गते घरबाट हराएकी थिइन् । त्यसको तीन दिनपछि भदौ २ गते एक सुनसान घरभित्र उनी मृत फेला परेकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गरिमाको बलात्कारपछि हत्या भएको अनुमान छ ।

उनको मृत्युपछि बारा र काठमाडौंमा न्यायका लागि प्रदर्शन भइरहेका छन् ।

तस्वीरहरू :

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?