+
+
Shares

गरिमालाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरु)

प्रदर्शनमा सहभागीहरुले ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते ११:२२

५ भदौ, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै आज काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

अधिकारकर्मी र आफन्तहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

गरिमाका लागि न्याय माग्दै उनका परिवारले पनि बारामा प्रदर्शन गर्दै आएका छन् । बारामा उनका आमा–बुवासहित सडकमै धर्ना बसेका कारण वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध छ ।

बिहीबार राति प्रशासनले स्थानीय व्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना सहमति गरिएको भन्दै त्यसलाई नमान्ने घोषणा गरेका छन् ।

गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मृतकका बाबु मनोज चौधरीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?