+
+

संखुवासभामा ६ जनाको हत्या : तालिम प्राप्त कुकुर ल्याइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १६:३७

२१ भदौ, संखुवासभा । संखुवासभामा एकैपरिवारका ६ जनाको हत्या भएको प्रकरणको जाँचका लागि प्रहरीले तालिम प्राप्त कुकुर ल्याउने भएको छ ।

संघीय प्रहरी इकाइ कार्यालय, धरानबाट अनुसन्धानका लागि तालित प्राप्त कुकुर घटनास्थलतर्फ लगिसकिएको प्रहरीले जनाएको छ ।

शवको प्रकृतिबाट प्रारम्भिक जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई पनि घटनास्थलमा लैजाने तयारी छ । कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै थप अनुसन्धान हुनेछ । हालसम्म जिल्ला प्रहरी कार्यालय, संखुवासभाका डीएसपी लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय, चैनपुरका निरीक्षक युवराज खतिवडा घटनास्थलमा पुगेका छैनन् ।

‘सदरमुकामबाट निकै टाढा हो, फेरि बाटोमा ठाउँठाउँमा पानीले समस्या छ’ सुवेदीले अनलाइनखबरसँग भने, ‘घटनास्थलमा पुगेपछि थप विवरण खुल्ला ।’ प्रहरीका अनुसार अहिले घटनास्थलमा प्रहरी चौकी, लादिमुलखर्कको टोली छ । चैनपुरका सई नेतृत्वको टोली पनि पुगिसकेको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

घरमा एक जना वृद्ध सकुशल भेटिएका छन् । राम्रोसँग कान नसुन्ने उनी सकुशल छन् तर अर्धवेहोसी अवस्थामा रहेकाले प्रहरीले उनीसँग कुरा गर्न सकेको छैन । परिवारको हत्या किन र के कारणले भयो भन्ने खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?