+
+

गृह मन्त्रालयको विज्ञप्ति सच्याउन पत्रकार महासंघको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १५:०५

२२ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघले गृह मन्त्रालयले अभिव्यक्ति स्वतन्त्रता हनन हुने गरी जारी गरेको दुईवटा विज्ञप्ति सच्याउन माग गरेको छ ।

भदौ १८ गते र २० गते मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेको भन्दै महासंघले सच्याउन आग्रह गरेको हो ।

गृह मन्त्रालयले भदौ १८ मा जारी गरेको विज्ञप्तिमा मित्रराष्ट्रका सहयोगमा सञ्चालित परियोजना र त्यसमा काम गर्ने कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्ति लक्षित गरी नकारात्मक टिप्पणी गर्न र धम्कीपूर्ण अभिव्यक्ति नदिन आग्रह गरेको थियो ।

त्यस्तै भदौ २० मा भने छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध भएको विरोध प्रदर्शनप्रति आपत्ति जनाइएको थियो । महासंघले मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको निश्कर्ष निकालेको छ ।

महासचिव रोसन पुरीले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ ।’

महासंघले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?