+
+

भारतलाई पठाएको कूटनीतिक नोटबारे सरकारले संसदलाई जानकारी गराउने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १८:१६

२२ भदौ, काठमाडौं । सरकारले दार्चुला घटनाको विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे प्रतिनिधिसभालाई जानकारी गराउने भएको छ ।

प्रतिनिधिसभाको अधिवेशन भदौ २३ गते बुधबार दिउँसो ४ बजे बोलाइएको छ । उक्त बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा महाकाली नदी तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा नेपाली युवक महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाका विषयमा भारतलाई पठाएको कूटनीतिक नोटबारे जानकारी दिन लागेका हुन् ।

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकपछि सचेतक पुष्पा भुसालले सरकारे कुटनीतिक नोटबारे संसदलाई जानकारी गराउने बताइन् ।

सरकारले दार्चुला घटनाबारे अध्ययन गर्न गठित समितिले तुइन दुर्घटना एसएसबीको उपस्थितिमा भएको प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनको आधारमा सोमबार नेपालले भारतलाई कूटनीतिक नोट पठाएको थियो ।

नेपाली कांग्रेसले बुधबारको अधिवेशनमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment