काठमाडौं । डेनमार्कले सन् २०२० को विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार छैटौं जित हात पारेको छ । युरोपेली छनोट अन्तर्गत बुधबार भएको समूह एफको खेलमा डेनमार्कले इजरायललाई ५-० ले हरायो ।
डेनमार्कको जितमा पाँच फरक खेलाडीले गोल गरे । युसुफ पाउलसेनले २८औं, सिमोन केयरले ३१औं, आन्द्रेज स्कोभ ओल्सनले ४१औं, थोमस डिलानेले ५८औं र आन्द्रेज कोर्नेलिउसले यन्जुरी टाइममा गोल गरे ।
शतप्रतिशत नतिजासहित डेनमार्क १८ अंक जोडेर शीर्ष स्थानमा यथावत छ । इजरायल समान खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ ।
अष्ट्रेलियालाई १-०ले पराजित गरेको स्कटल्याण्ड ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ ।
प्रतिक्रिया 4