+
+

एमालेले संविधानको कुरा गर्नु लाजमर्दो विषय : माधव नेपाल

‘हामी वैधानिक सांसद हौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १९:५४
फाइल तस्वीर

२३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेले संविधान र कानूनको कुरा गर्नु लाजमर्दो विषय भएको टिप्पणी गरेका छन् ।

‘उहाँहरु (एमाले सांसदहरु)ले संविधान र कानूनको कुरा गर्नु पनि लाजमर्दो कुरा हो,’ नेपालले संसद भवन नयाँबानेश्वर परिसरमा पत्रकारहरुसँग भने ।

एमालेले माधव नेपालसहित एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्न गएका १४ जना सांसदलाई पार्टी दर्ता नहुँदै कारबाही गरेको थियो । तर, उक्त कारबाहीलाई सभामुखले रोकेर राखेको भन्दै एमालेले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै ती १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिएको छ ।

बुधबार एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्ने नारा नै लगाएको थियो । यसबारे पत्रकारहरुले राखेको जिज्ञासामा अध्यक्ष नेपालले भने, ‘हामी निर्वाचित भएका सांसद हौं र, संविधान र कानून वमोजिम वैधानिक छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?