+
+

विपीन जोशीलाई सकुशल स्वदेश फर्काउन एकीकृत समाजवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १२:११

३ जेठ, काठमाडौं । इजरायलको युद्धमा परेर लामो समयदेखि सम्पर्कविहीन रहेका विपीन जोशीलाई सकुशल नेपाल फर्काउन नेकपा एकीकृत समाजवादीले माग गरेको छ ।

पार्टीका उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख जगन्नाथ खतिवडाले अध्ययनका लागि इजरायल गएका विपीनलाई स्वदेश फर्काउन सम्बन्धित अधिकारीसमक्ष अपील गर्ने निर्णय गरेको जानकारी दिए ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौं बैठकको निर्णय सार्वजनिक गर्दैै खतिवडाले भने, ‘नेपालका विपीन जोशी लामो समयदेखि हमासको कब्जामा रहेको भन्ने सार्वजनिक भएको छ । यो बैठक उहाँलाई सकुशल मुक्त गर्न सम्बन्धित अधिकारीहरुसमक्ष अपील गर्दछ । र, निजलाई सकुशल नेपाल ल्याउन पहल गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?