
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले गणतन्त्र कार्यान्वयनमा त्रुटि हुँदा राजावादीहरूले चर्को स्वरमा बोल्ने अवसर पाएको बताएका छन् ।
- भूसालले नेतृत्व शैली जुवाडेको जस्तो भएको र सुधार आवश्यक रहेको बताए।
१५ जेठ, पोखरा । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले गणतन्त्र कार्यान्वयनमा त्रुटि हुँदा राजावादीहरूले चर्को स्वरमा बोल्ने अवसर पाएको बताएका छन् ।
पार्टी नगर अधिवेशनको उद्घाटन गर्दै भूसालले गणतान्त्रिक नेतृत्वबाट त्रुटि सच्याएर अगाडि बढ्नुपर्ने बताए ।
‘गणतन्त्रको कार्यान्वयनमा भंयकर त्रुटि रहेका कारणले गणतन्त्रमाथि पुरानो दरबारका हुक्के बैठकेहरुले समेत प्रश्न उठाउने, लफङ्गा, बैंकका डिफल्टर, हिजो जनताका विरुद्ध गोली हान्ने अपराधीहरूले समेत जोडजोडले बोल्न थालेका छन्,’ भूसालले भने, ‘यो हाम्रो दुर्भाग्य हो, हाम्रो आन्दोलनको दुर्भाग्य हो ।’
तर गणतान्त्रिक नेतृत्वको कमजोरीकै कारणले गणतन्त्रको उचाइलाई कमजोर पार्न नसक्ने उनले बताए । यद्यपि नेतृत्वको शैली जुवाडेको जस्तो भएको महासचिव भूसालले टिप्पणी गरे ।
‘गणतन्त्रका नेतृत्व तहमा हेर्नु हुन्छ भने यी जुवाडे जस्ता भए । आज एउटाले जित्यो, चौका छक्का हान्यो, दुनियासँग गफ गर्दै, दुनियाँलाई हेप्दै मनपरी बोल्दै हिडेको छ,’ भूसालले भने, ‘अर्को जुवामा हार्यो, रुँदैछ, कराउँदैछ बलिन्द्रधारा आँशु चुहाएर सत्ताबाट निकाले, मलाई सत्तामा जान दिएन भनेर त्यही सत्ताका लागि रुँदैछ ।’
प्रतिक्रिया 4