+
+

सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १७:३४

२४ भदौ, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बधी मुद्दामा नेकपा एमालेको युवा संगठन युवा संघका नेता परशुराम बस्नेतले सफाइ पाएका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने फैसला सुनाएको हो ।

यसअघि बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बस्नेतसहित आपराधिक पृष्ठभूमिका ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको गियो । विभगले गैरकानुनी कामबाट आर्थिक लाभ लिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा चलाएको थियो ।

विशेष अदालतले बस्नेतको हकमा दावी नपुग्ने भन्दै सफाइ दिएपछि सम्पत्ति शुद्धीकरण विभागले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?