+
+

ऋषेश्वर महादेव मन्दिर पञ्चमीमा खुला रहने

रासस रासस
२०७८ भदौ २४ गते १७:५१

२४ भदौ, काठमाडौं । काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन खुला गरिने भएको छ ।

सप्तऋषिको पूजा आराधना गर्न आउने भक्तजनको आग्रह अनुसार मन्दिर खुला गर्न लागिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला गरिने उक्त मन्दिर विश्वव्यापीरूपमा फैलिएको कोभिड-१९ महामारीका कारण गत वर्ष बन्द गरिएको थियो ।

दर्शनका लागि स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर भीड कम हुने गरी व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले जानकारी दिए ।

हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीका दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने गर्छन् । सप्तऋषिमा कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्र पर्छन् ।

दर्शनार्थीको सहजताका लागि भीड व्यवस्थापन तथा भक्तजनलाई स्वास्थ्य समस्या परेमा सहयोग गर्न नगरपालिकाका कर्मचारी खटाइनाका साथै एम्बुलेन्स व्यवस्थापन गरिने छ ।

भीड हुन नदिनका लागि कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयंसेवक राखिने छैन । मन्दिर तथा त्यस वरपर क्षेत्रमा सफाइ गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?