+
+

‘विश्व विद्युतीय गाडी दिवस’: निशानको दक्षिण एसियामा ग्रीन मिसन सेसन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते ११:५०

विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले दक्षिण एसियामा ग्रीन मिसन सेसनको आयोजना गरेको छ ।

निशानले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसन आयोजना गरेको हो ।

सो सेसनमा नेपाल र भुटानमा पर्याप्त जलविद्युत उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना रहेको बारे छलफल भएको थियो । यसैगरी यस क्षेत्रमा सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने बारे पनि छलफल भएको कम्पनीले जनाएको छ ।

निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिफ इभी निसान कार विशेष छुट मूल्य अर्थात ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको पनि जनाएको छ । निसान लिफ ईभी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो ।

निसान लिफ गाडीले समग्रमा २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पुर्‍याई सकेको छ । यसको तुलना गर्दा ९ करोड रुखबाट पाइने अक्सिजनसँग गर्न सकिन्छ ।

निसान इण्डिया अप्रेशनका अध्यक्ष  सिनान ओजकोक भन्न्छन्,’हाम्रो उद्देश्य कमैमात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको छ । त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसानलिफ दक्षिण एशियाको बजारमा उध्ापलन्ध गराउन लागिएको हो । यस क्षेत्रका सरकारहरु पनि क्लिन इनर्जी लक्ष्यप्राप्त गर्न लागी परेका छन्, जसलाई हामीले विगत ७० बर्ष देखि विद्युतीय सवारी साधन उपलब्ध गराएर सहयोग पुर्‍याई रहेका छौं ।

शून्य प्रदुषणयुक्त निसान लिफ इभी निसानको मौलिक र गुणस्त्तर युक्त सवारी साधन हो । यसमा रहेको शक्ति शाली क्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो ७.९ सेकेण्डमा १०० किमि प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पीड १४० किमि प्रतिघण्टा छ । यसको संचालन खर्च सार्‍है कम छ ।’

निसानको साउथ एशिया विजिनेस युनिटका निर्यात प्रमुखश्री रधुनाथ नायर भन्छन्,’ समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ इभी अति उपयोगी छ र हामीले दक्षिण एशियाको बजारमा विशेष रुपमा यसको बजार प्रवर्द्धन गरिरहेका छौं । विश्वका सरकारहरु वातावरण प्रति सचेत रहेका छन् र कार्वन उत्सर्जन विरुद्ध कसरी दिगो प्रयत्न गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । जसले गर्दा सबै मुलुक हरियालीयुक्त होस् भन्ने धारणा राख्छन् ।’

पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशकसन्दिपकुमार शारदाले उद्धोष गर्दे प्रारम्भिकमुल्य  ५९.९९ लाख कायम गरेका बताए ।

‘हामीले हालबजारबाट अत्याधिक अति राम्रो प्रतिकृया पाएको हुनाले निशान लिफको ग्राहकवर्गमा प्रत्यक्ष अनुभव गराउनको लागि भाद्र २८ गते देखि हाम्रो काठमाडौंस्थित शो-रुमहरुमा साताव्यापी टेष्ट ड्राईभको व्यवस्था गरेका छौं,’ उनले भने ।

निसानलिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ र ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन् । आˆनै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यकपर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुलचार्ज गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?