+
+

गुल्मीमा विद्युतीय माइक्रो बस सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १४:२३

२२ चैत, गुल्मी । गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा आएका छन् । मैत्री यातायात प्रालिले १० वटा विद्युतीय माइक्रो बसमार्फत सार्वजनिक यातायातको सेवा दिन सुरू गरेको हो ।

बिहीबार जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले यातायात सेवाको शुभारम्भ गरे । उनले विद्युतीय गाडी आर्थिक हिसाबले मितव्ययी र वातावरणमैत्री भएकाले सबैले यसको प्रयोग गर्नुपर्ने बताए ।

मैत्रीले विद्युतीय गाडीबाट सिमलटारीदेखि पाल्पा, बुटवलसम्म सेवा दिन सुरू गरेको प्रालिका सञ्चालक सदस्य काशीराम पाण्डेले जानकारी दिए । मैत्रीले सिमलटारीदेखि सुनौली नाकासम्मको रुट प्रमिट पाएको छ । उनका अनुसार एउटा गाडीको मूल्य ५६ लाख परेको छ । गाडीमा १४ सिट क्षमता छ ।

मैत्रीले विद्युतीय गाडीको भाडासमेत अन्यको तुलनामा कम कायम गरेको छ । प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले डिजेल गाडीको तुलनामा २५ प्रतिशत कम भाडा तय गरिएको बताए । ‘अन्य गाडीको तुलनामा कम भाडा र बढी सुविधा छ,’ उनले भने, ‘गाडीमा सीसीटीभी, वाइफाइ, जीपीएसजस्ता सुविधा छन् ।’

मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्जिङ स्टेशनसमेत निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?