+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

सांसद सुवालको प्रश्न- शेयर बजार बढाउने जिम्मा अर्थमन्त्रीको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १४:४८
फाइल तस्वीर

२५ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शेयर बजार बढाउने जिम्मा अर्थमन्त्रीको हो भनेर प्रश्न गरेका छन् । शुक्रबार एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले शेयर बजार घटेपछि अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरेको भन्दै यो प्रश्न उठाएका हुन् ।

केही सीमित मान्छेहरुले लाभ लिने शेयर बजारको विषयमा अर्थमन्त्रीले किन यति धेरै चासो लिएको भनेर उनले जवाफ मागेका छन् । ‘शेयर बजारमा ३७ लाख लगानीकर्ता छन्, एक सय जनाले मात्रै लाभ लिन्छन् भनेर अर्थमन्त्रीज्यूले नै भन्नु भएको थियो,’ उनले भने, ‘त्यसपछि बजार घट्यो, अर्थमन्त्रीले गभर्नरलाई फोन गरेपछि बढ्यो, के बढाउने जिम्मा अर्थमन्त्रीको हो ?’

राष्ट्र ऋण उठाउने विधयेक अस्वीकृत गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न समय पाएका सुवालले विषयभन्दा फरक गएर शेयर बजारको विषयमा धारणा राखेका थिए । घरभित्रै बसेर सीमित मान्छेहरुले गर्ने कारोबारका विषयमा धेरै चासो दिन नहुने उनको आशय थियो ।

सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजार घटाउने वा बढाउने विषयमा आफ्नो भूमिका नरहेको बताए । ‘बाहिर कतै माननीयज्यूले सुन्नुभयो होला, तर त्यो सत्य होइन,’ अर्थमन्त्री शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?