+
+

संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तै : सुरेन्द्र पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १८:०१

२५ भदौ, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संसदमा प्रस्तुत गरिएको संशोधित बजेट निधारमा लगाइएको टीकाजस्तो भएको बताएका छन् ।

पूर्वअर्थमन्त्री पाण्डेले नयाँ सरकार आएपछि केही भनिदिनुपर्छ भनेर भनिएको विवरण भएको बताए । तर सबै दलसँग सल्लाह गरेर यो काम गर्दा पनि उचित हुने पाण्डेले बताए । ‘सबै दलसँग सल्लाह गरेर सहमतिमा ल्याइएको भए धेरै राम्रो हुन्थ्यो । नाराबाजीको बीचमा भन्दा त्यसो गर्दा छलफल हुन्थ्यो । कुरा राख्ने वातावरण बनाउन हुन्थ्यो,’ पाण्डेले भने ।

तर सरकारले हतार गरेको उनले बताए । ‘हतार थिएन, दुई चार दिन बातचित गरेर ल्याइएको भए हुन्थ्यो,’ पाण्डेले भने । अर्थमन्त्री जनार्दन शर्माले एमालेको नाराबाजी बीच चालु आर्थिक वर्षका लागि संशोधित बजेट ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?