Comments Add Comment

अनेसास कविता महोत्सवका लागि ३०१ कविता प्राप्त

२७ भदौ, काठमाडौं । ‘अनेसास कविता महोत्सव’ का लागि ३०१  जना कविका कविता प्राप्त भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आह्वान गरेको प्रतियोगिता सेप्टेम्वर २३ मा हुने भएको छ ।

हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना लागिएको यो पहिलो संस्करण हो ।

कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय डलर, द्वितीय हुनेलाई तीन सय डलर र तृतीय हुने तीन जनालाई दुई सय डलर पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि सोचेको जत्तिकै सबै क्षेत्रका कविहरूको सहभागिता रहेकोमा खुश‍ी ब्यक्त गर्दै अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले भने, ‘भूगोलका सबै महादेशका कविहरूको सहभागिता रहेकोले हामीलाई हौसला मिलेको छ ।’

यसैगरी प्रतियोगिताका संयोजक तथा अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले निर्धारित मिति मै प्रतियोगीता गरेर राम्रा कविलाई पुरस्कृत गर्नका लागि काम अघि बढिसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment