+
+

‘काठमाडौंको शहरी व्यवस्थापनमा सहकार्य गर्न तयार छौं’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १४:५४

२७ भदौ, काठमाडौं । स्थानीय सरकार तथा शहरहरुको अन्तर्राष्ट्रिय सञ्जाल एसिया प्यासिफिकका अधिकारीहरुले काठमाडौं महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

सञ्जालका एसिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभागका प्रमुख महेश काफ्ले, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख डिल्लीराम बास्तोलासहित अधिकारीबीच अन्तरदेशीय सहकार्यमा काठमाडौं महानगरका विषयमा कुराकानी भएको थियो ।

त्यस क्रममा सञ्जालका अध्यक्ष व्याञ्जुले काठमाडौं देशको मुहार भएकाले यसलाई थप उज्यालो बनाउन सहकार्य उपयुक्त हुने बताए । काठमाडौंमा गरिएका अभ्यासले अन्य स्थानीय सरकारमा पनि लाभ पुग्ने भएकाले काठमाडौंसँग सहकार्य गर्ने हाम्रो प्रस्ताव हो,’ व्याञ्जुको भनाइ छ ।

त्यस क्रममा महानगरकी उपप्रमुख खड्गी श्रेष्ठले सञ्जालले शहरी वातावरण सुधारका लागि मानव मलमूत्र व्यवस्थापनमा गरेको कामबाट आफू प्रभावित भएको बताउँदै अन्य शहरको अनुभव काठमाडौंले सिक्न सक्ने बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले, अन्तरनगर सिकाइबाट नागरिक तहमा लाभ प्रदान गर्न महानगरले राष्ट्रिय अन्तर्राष्ट्रिय नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको उल्लेख गरे ।

शहरी विकास र व्यवस्थापनका कोणबाट काठमाडौंसँग सम्भावना र क्षमता दुवै छन् । यो क्षमतालाई पूरा उपयोग गर्न काठमाडौंको सक्रियता भए हामी सहकार्य गर्न तयार छौं । छलफलमा सञ्जालकी महासचिव डा. बर्नाडियाले धारणा राखेका थिए ।

सञ्जालको आठौं सम्मेलन भदौ २२ गतेदेखि २४ गतेसम्म काठमाडौंमा सञ्चालन भएको थियो । सम्मेलनमा स्थानीय सरकारका प्रमुखहरुले कोभिड व्यवस्थापनमा आफूले गरेको प्रयास र अब चुनौतीका विषयमा प्रस्तुति गरेका थिए । सञ्जालमा विश्वभरका २ लाख ४० हजार बढी शहर र एसिया प्यासिफिक क्षेत्रबाट ७ हजार बढी शहरहरु सदस्य छन् । यसमा काठमाडौं महानगरसहित नेपालका १० वटा पालिका सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment