+
+

संघीय शिक्षा ऐन ल्याउन शिक्षक महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते २१:०३

२७ भदौ, काठमाडौं । नेपाल शिक्षक महासंघले तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले आइतबार वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरी संघीय ऐन तत्काल जारी गर्न माग गरेको हो ।

महासंघले सबै प्रदेश र स्थानीय तहले बनाउने शिक्षा ऐन तथा नियमावलीमा आधारभूत विषयमा एकरुपता रहनुपर्ने, शिक्षकका माग र मुद्दालाई सम्बोधन गर्ने गरी नयाँ राष्ट्रिय शिक्षा ऐन ल्याउनुपर्ने, विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकार सूचीबाट झिकेर तीन वटै तहको साझा अधिकार सूचीमा राख्नुपर्ने माग पनि राखेको छ ।

बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको घोषित पारिश्रमिक स्पष्ट नभएकोले सरकारबाटै विनियोजन गरिनुपर्ने, समान सेवा सर्त र सुविधा पाउने गरी एकै खालका शिक्षकको व्यवस्थापन गर्नुपर्ने, निजामती सेवा र शिक्षकबीच ग्रेड, तलब तथा निवृत्तिभरणमा भएको विभेद हटाउनुपर्ने अध्यक्ष कमला तुलाधरले बताइन् ।

सरकारले शिक्षकहरुलाई बेवास्ता गरेको र अहिलेसम्म कुनै पनि सरकारले शिक्षक तथा कर्मचारीसँग भएको सम्झौता कार्यन्वयन नगरेको उनले बताइन् ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले महासंघले आफ्ना माग पूरा गराउन सबै राजनीतिक दलसँग राजनीतिक सहमति गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले विद्यालय सुधारको अभियानलाई विद्यार्थी र अभिभावकसँग जोड्नुपर्ने बताए । भण्डारीले शिक्षकमाथि भइरहेको विभेद अन्त्य हुनुपर्ने जोड दिए ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षक तथा कर्मचारीको सम्मानजनक समाधान खोज्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?