+
+

नारायणी अस्पतालबाट भागेका अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १२:५८

२८ भदौ, वीरगञ्ज । नारायणी अस्पतालबाट भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–३ का १४ वर्षीय किशोरलाई भन्सार क्षेत्रबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

क्षयरोगको उपचार चलिरहेको समयमा आइतबार अस्पतालबाट उनी भागेको उनले बताए । भदौ १६ गते प्रतिबन्धित लागूऔषध फेनारगन २१ थानसहित उनी पक्राउ परेका थिए ।

पर्सा जिल्ला अदालतमा उनी विरुद्ध लागूऔषध ओसारपसार मुद्दा दर्ता गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको थियो । मुखबाट रगत निस्केपछि भदौ २२ गते उपचारका लागि नारायणी अस्पताल लगिएको थियो ।

आइतबार बिहान शौचालय जाने बहाना गरी हतकडी नै फुकालेर उनी भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment