+
+

एकीकृत समाजवादीको प्रदेश-२ संसदीय दलको नेतामा महतो चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १५:२६
फाइल तस्वीर

२८ भदौ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन भएका छन् ।

निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएलगत्तै नेकपा एकीकृत समाजवादीले नेता चयन गरेको हो । संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित भएका थिए ।

संसदीय दलको बैठकले नेता मात्रै चयन गरेको र प्रमुख सचेतकपछि चयन गरिने पार्टीका सांसद अशोक कुमार यादवले जानकारी दिए । यादवका अनुसार केही दिनअघि नै बसेको संसदीय दलको बैठकले नेता चयन गरिएको छ ।

नेकपा एमालेबाट अलग भएर छुट्टै बनेको नेकपा एकीकृत समाजवादीको १३ जना सांसद छन् । १३ जना सांसद एकीकृत समाजवादीमा आउँदा नेकपा एमालेका ८ सांसद मात्रै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?