
फाइल फोटो
२८ भदौ, बुटवल । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।
राप्ती सोनारी गाउँपालिका-१ गाभरमा एकजना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताएका छन् ।
बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भएपनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने र उनको मानसिक सन्तुलन ठिक नभएको एसपी अधिकारीले बताए ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4