+
+

‘विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते ८:१२

२९ भदौ, काठमाडौं । सत्तारूढ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राष्ट्रियताको रक्षार्थ  विद्यार्थी आन्दोलनले वर्दी विनाको सेनाको रुपमा काम गर्नुपर्ने बताएका छन् । बस्नेतले विद्यार्थी आन्दोलन कमजोर भए राष्ट्रिय स्वाधीनताको आन्दोलन कमजोर हुने बताए ।

मंगलबार अखिल (क्रान्तिकारी) को २२ औं रुपन्देही जिल्ला सम्मेलनलाई सम्वोधन गर्दैन बस्नेतले भने, ‘कतिपय मानिसहरुले विद्यार्थी आन्दोलनको विघटन गर्नुपर्ने विषय उठाइरहेका छन् । तर हेक्का रहोस् विद्यार्थी आन्दोलन कमजोर भयो भने राष्ट्रियताको आन्दोलन कमजोर हुन्छ ।’

बस्नेतले भने, ‘नेपालको विद्यार्थी आन्दोलन वर्दि विनाको सेना हो । जबजब राष्ट्रियता संकटमा पर्छ तब विद्यार्थी आन्दोलन अग्रपंक्तिमा उभिने गरेको छ । नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति पनि विद्यार्थी आन्दोलन सशक्त हुनु जरुरी छ ।’

कार्यक्रममा अखिल (क्रान्तिकारी) का नेता नरेश रेग्मीले शिक्षामा व्याप्त निजीकरण र व्यापारीकरणको अन्त्य नहुँदासम्म समाजवादी शिक्षा प्राप्त गर्न नसकिने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडे, केन्द्रीय सदस्य वामदेव क्षेत्री, क्रान्तिकारीका केन्द्रीय सदस्य अनुप पोखरेल, रुपेश पौडेल, माधव पाण्डे लगायतले शुभकामना दिएका थिए ।

सम्मेलनबाट कपिल चापागाईंको नेतृत्वमा ७१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ । उपाध्यक्षमा सपन पौडेल, काशीराम आचार्य, प्रशान्त बन्जाडे, टीकाराम आचार्य, सचिवमा सागर न्यौपाने, सहसचिवमा सिर्जना पौडेल, प्रचण्ड न्यौपाने र कोषाध्यक्षमा विष्णु ज्ञवाली रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?