+
+

एसपी विनोद घिमिरेको रौतहटमा काज सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते ९:१८

२९ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयलले एसपी विनोद घिमिरेलाई रौतहट प्रहरी प्रमुख बनाएर पठाएको छ ।

पत्रकारको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखिदिएर फसाउन खोजेको घटनामा मुछिएपछि एसपी सिद्धिविक्रम शाह काठमाडौं तानिएका थिए । उनी काठमाडौं तानेपछि रौतहट प्रहरीको कमाण्ड डिएसपी नारायण चिमोरियाले सम्हाल्दै आएका थिए ।

अब भने प्रहरी प्रधान कार्यालयले एसपी घिमिरेलाई रौतहटमा काज सरुवा गरेको छ । घिमिरे जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए ।

रौटहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो । तर अनुसन्धानको क्रममा घुमुवा प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज शाहले नातेदार धिरज यादवलाई प्रयोग गरेर मोजुबुल्लाहको मोटरसाइकलमा लागूऔषध राखिदिएको पुष्टि भएको थियो । अर्का पत्रकार सञ्जय सहनीको मुख्य योजनामा यो घटना भएको प्रहरीको दाबी थियो । त्यसपछि प्रहरीले माफी माग्दै पत्रकार मोजुबुल्लाहलाई छाडिदिएको थियो ।

प्रहरीले मुख्य योजनाकार भनेको सहनीलाई एसपी शाहले फोन गरेर ‘हिजो काम भएछ नी त है’ भनेको अडियो सार्वजनिक भएको थियो । त्यसअघि उनले ‘एक्लै हो ?’ भनेर पनि सहनीलाई प्रश्न गरेका छन् । यो अडियो सार्वजनिक भएपछि एसपी शाह विवादमा मुछिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?