News Summary
Generated by OK AI. Editorially reviewed.- रौतहटको देवाही गोनाही नगरपालिका–२ स्थित लालबकैया नदीमा नुहाउने क्रममा मङ्गलवार दिउँसो तीन बालबालिका डुबेर बेपत्ता भएका छन् ।
- बेपत्ता हुनेमा १० वर्षीय मोहम्मद रहमतुल्लाह, १० वर्षीया रौशन खातुन र १० वर्षीया सवनम खातुन रहेका छन् ।
- घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरी रबर बोटसहित बेपत्ता बालबालिकाहरूको खोजी कार्य जारी राखिएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिनुभयो ।
२६ साउन, रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका पानीमा डुबेर बेपत्ता भएका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा सोही ठाउँका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुरसेदकी १० वर्षीय छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेका छन् ।
उनीहरू मंगलबार दिउँसो करिब २ बजे नदीमा नुहाउन पसेका बेला डुबेर बेपत्ता भएको स्थानीयबासीले बताएका छन् । उनीहरू बेपत्ता भएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अहिले खोजी गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ ।
घटनापछि सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट ७ जना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट ९ जनाको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहटबाट रबर बोटसहितको टोली खोजीमा परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया 4