+
+

रोहितको फिल्मको कथा मन पराएका दीपक पटकथा पर्खदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १३:२७

निर्देशक रोहित अधिकारी र कलाकार दीपकराज गिरीले चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरे । यो चलचित्रले सुपरहिटको व्यापार गरेपछि रोहित र दीपक दुबैलाई आर्थिक रुपमा पनि फाइदा भयो । दीपकराज गिरीसँग सहकार्य गर्दा राम्रै कमाई गरेका रोहित फेरि उनकै टिमसँग सहकार्य गर्ने तयारीमा छन् । रोहितले दीपकराजको टिमसँगै चलचित्र ‘छ माया छपक्कै २’मा काम गर्ने बताइसकेका छन् ।

उनै, रोहितले एक नयाँ चलचित्रको कथा दीपकलाई सुनाएका छन् । दीपकले कथा मन पराएपछि उत्साहित भएका रोहित कुरा मिलेको खण्डमा तिहारपछि छायांकन सुरु गर्ने सोचमा छन् । अनलाइनखबरसँग कुरा गर्दै रोहितले भने–‘यतिबेला एक जना निर्देशकले हाम्रो चलचित्रको पटकथा लेखिरहनुभएको छ । दीपक दाइले कथा मन पराउनुभयो । उहाँले पटकथा पनि चित्त वुझाउनुभयो भने तिहारपछि चलचित्रको छायांकन सुरु हुन्छ ।’

हल समेत निर्माण गरिरहेका दीपकराज गिरी तिहारपछि काम सुरु गर्नुपर्छ भन्ने मुडमा छन् । हल खुलिसकेको र दर्शकले पनि आफूहरुको चलचित्र प्रतिक्षा गर्छन् भन्ने वुझेका दीपक तिहारपछि चलचित्रको काम सुरु गर्ने तयारीमा छन् ।

दीपकले अनलाइनखबरसँग भने–‘हामी तिहारपछि काम सुरु गर्नुपर्छ भन्ने सोचमा छौं । रोहितजीको चलचित्रको कथा राम्रो छ । अब, पटकथा पनि मन परेको खण्डमा तिहारपछि सहकार्य हुन्छ होला ।’

दीपकले आफ्नै होम प्रोडक्शनको चलचित्र ‘छक्का पन्जा ४’ सहित अन्य केही चलचित्रको पनि कुरा अगाडि बढेको बताए । दीपक भन्छन्–‘हामी हतार गरेर चलचित्र ल्याउने पक्षमा भने छैनौं । दीपक–दीपाको टिमलाई विश्वास गरेर हलसम्म आउने दर्शकलाई हामी निराश बनाउन चाहदैनौं । यसैले, हामी विस्तारै काम गर्ने सोचमा नै छौं ।’ निर्माता अधिकारी भने दशैं अगाडि नै दीपकलाई पटकथा सुनाउने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?