+
+
Shares

रोनाल्डोको प्रभाव : म्यानचेस्टर युनाइटेडमै बस्न चाहन्छन् पोग्बा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १७:३६
फाइल तस्वीर

२९ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेड आउने भएसँगै क्लबमा धेरै परिवर्तन भएको छ । क्लबका फ्यानहरुमा जोश बढेको छ, जसको प्रभाव खेलाडीमा पनि देखिन थालेको छ । यस्तै खेलाडीमध्ये एक हुन्, पाउल पोग्बा ।

सिजनको शुरुवातमा उनले क्लब छाड्न चाहेको चर्चा चलेको थियो । तर जोर्डन सान्चो, राफेल भेरानेसँगै रोनाल्डोलाई अनुबन्ध गरेसँगै उनको मनस्थिति परिवर्तन भएको छ ।

उनी अहिले म्यानचेस्टर युनाइटेडमा नै बस्न चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अब सन् २०२२ को जुनसम्म क्लबमै रहने मनस्थिति बनाएका उनले सम्झौता लम्ब्याउन वार्ताका लागि तयारी गरेको समाचारमा उल्लेख छ ।

यो सिजनमा पोग्बाले निकै राम्रो प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म सात गोलका लागि एसिस्ट गरेका छन् ।

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर पनि पोग्बाको प्रदर्शनबाट सन्तुष्ट छन् । ‘उनी निकै राम्रो खेलिरहेका छन् । पाउल आफ्नो व्यक्तित्वको कारण पनि निकै चर्चित छन् र उनले यो समरको लागि कडा मेहनत गरेका छन्,’ उनले भने, ‘पाउलले अझै क्लबको लागि योगदान गर्न सक्ने हामी देख्न सक्छौं ।’

एजेन्सीहरुको सहयोगमा

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?