+
+

सप्तरीका बाढीपीडित ९० परिवारलाई राहत वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते २०:०९

२९ भदौ, सप्तरी । सप्तरीका अति विपन्न ९० परिवार बाढीपीडितलाई राहत वितरण गरिएको छ । बाढीबाट प्रभावित भएका हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका पीडितलाई त्रिपाल, स्वास्थ्य सामाग्री र खाद्यान्न वितरण गरिएको हो ।

भोर संस्थाको पहल तथा काठमाडौंमा रहेको टेवा संस्थाको सहयोगमा हनुमाननगर कंकालिनीका ३० जना र तिलाठी कोइलाडी गाउँपालिकाका ६० परिवारलाई मंगलबार उक्त राहत प्रदान गरिएको हो ।

उनीहरुलाई चामल, दाल, नून, हरियो तरकारी, सोयाबिन, खानेतेल, साबुन, त्रिपाल, बालटिन, मग, मास्कसहितका सामग्री वितरण गरिएको भोरका अध्यक्ष पचुलाल माझी मुसहरले बताए ।

कोराना महामारी, लामो लकडाउन र त्यसमाथि बाढीको कहरमा पनि कसैबाट सहयोग नपाएका उनीहरु राहत पाएपछि खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?