+
+

बल्ल परीक्षा दिन पायौं (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७८ भदौ ३० गते १३:२२

३० भदौ, काठमाडौं ।  यस वर्षको कक्षा १२ को परीक्षा बुधबार शुरु भएको छ । कोरोना महामारीका कारण दुई पटक स्थगित भएको परीक्षा बुधबारदेखि सञ्चालन भएको हो । परीक्षार्थीले यस वर्ष पनि गत वर्षजस्तै होम सेन्टर अर्थान आफू अध्ययनरत स्कुलबाटै परीक्षामा सहभागी भएका छन् ।

कोरोना भाइरस महामारी अझै रहेकाले स्वास्थ्य सावधानी अपनाएर परीक्षा सञ्चालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बुधबार कक्षा १२ को परीक्षा सञ्चालन भएको विद्यालयमा पुग्दा विद्यार्थीहरु उत्साहित देखिन्थे । झण्डै पाँच महिनासम्म रोकिएको परीक्षा दिन पाउँदा उनीहरु खुशी थिए । सबैले मास्क लगाएका थिए । विद्यालयमा ज्वरो नाप्ने, हात धुनेलगायतका स्वास्थ्य सुरक्षा सावधानीका उपाय अपनाइएको छ ।

हेर्नुहोस् तस्वीरहरु 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?