+
+

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

रासस रासस
२०७८ भदौ ३० गते १४:३३

३० भदौ, कञ्चनपुर । एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ का ४५ वर्षीय कृष्णबहादुर ऐरको बुधबार एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको उपचारका क्रममा धनगढीको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानलेले बताए । एम्बुलेन्सका चालक भीमदत्त नगरपालिका–१६ का ४० वर्षीय गणेश विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्षतिपूर्तिको माग गर्दै स्थानीय बासिन्दाले बिहानैदेखि पूर्वपश्चिम राजमार्गको गुलरिया क्षेत्रमा सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक अहिले खुलिसकेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?