+
+

इरानले सुरु गर्‍यो अफगानिस्तानसँगको हवाई सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १८:३१

३० भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पहिलोपटक इरानले आफ्नो हवाई सेवा सुरु गरेको छ ।

इरानको सरकारी च्यानल अल अलमले यो जानकारी दिएको हो । समाचारमा उल्लेख गरिएअनुसार बुधबार इरानको महान एयरलाइन्सकोको विमान १९ यात्री बोकेर काबुल आइपुगेको हो ।

यसअघि सोमबार पाकिस्तानको एक विशेष फ्लाइट काबुल आएको थियो र केही मानिसलाई लिएर इस्लामावाद फिर्ता गएको थियो । गत साता कतार एयरवेजको एक उडानबाट १२ जना मानिसलाई अफगानिस्तानबाट उद्धार गरिएको थियो ।

इरानले अफगानिस्तानमा सबै समूहको प्रतिनिधित्व हुने गरी सरकार गठन हुनुपर्ने बताउँदै आएको थियो । अफगानिस्तानसँग इरानको ९४५ किलोमिटर लामो सीमा जोडिएको छ ।

इरानले अफगानिस्तानका आठ लाख दर्ता भएका शरणार्थी छन् । पछिल्लो चार दशकदेखि २० लाखभन्दा धेरे कागजात नभएका अफगान नागरिक इरानमा बस्दै आएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?