+
+

माधव नेपालले देउवालाई प्रधानमन्त्री बनाउनु ठूलो उपलब्धि मान्‍नुभयो : गोकर्ण बिष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १९:१०

३० भदौ, गुल्मी। नेकपा एमालेका सचिव गोकर्ण बिष्टले माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धिसँग जोडेको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बिष्टले पार्टी बिभाजनलाई क्रान्तिकारीसँग जोडेको बताएका हुन् ।

उनले भने, ‘सिद्धान्त र बिचारसँग तुलना गरेर एउटा क्रान्तिकारी त्यागी महामनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु नै  ठूलो उपलब्धि मान्‍नुभयो। ‘ १० बुँदे सहमति कार्यवन्यनमा माधव नेपालबाटै असहयोग भएकाले पार्टी विभाजन भएको उनले बताए ।

पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदललले तयार गरेको सहमति माधव नेपालबाट धोका भएको उनले टिप्पणी गरे । उनले भने, ‘पार्टी एकता बाहेक बिकल्प छैन। द्वन्द्व-बिरोधको पार्टी भित्रबाटै गरौं भन्दा अन्त्यमा माधव नेपालले म मान्दिन भन्‍नु भयो।’

नेता विष्टले नेपालले पार्टी एकताभन्दा पनि विभाजन चाहेकाले कुनै पनि सर्त नमानी पार्टी विभाजन भएको जिकिर गरे। पार्टी बिभाजन भएपनि ठूलो असर एमालेलाई नपरेको उनको भनाई छ ।

उनले पार्टीमा देखिएका समस्याहरुलाई समाधान गर्दै अगाडि बढनु पर्नेमा जोड दिए । उनले कार्यकर्तातर्फ बोल्दै भने, ‘केन्द्रीय नेताहरु बिभिन्न बिषयमा असहमति जनाए पनि तपाईहरुको पंक्तिले नेताको आधारमा आफ्नो धारणा नबनाउनुस् । ‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?